दाङमा रड प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

Posted on: 21 Jan, 2024

माघ ७, दाङ | दाङमा रड प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ |

रक्सीले मातेको बेला ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीलाई पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर शनिबार चौधरीले श्रीमतीलाई रडले हान्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका थिए । स्थानीय मीना थापा र शिला चौधरी रड प्रहारबाट घाइते भएका छन् ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!