१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २४ वर्षीय काले भन्ने व्यक्ति पक्राउ

Posted on: 18 Jan, 2024

माघ ४, मोरङ | मोरङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो बलात्कार आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!