धादिङको मझिमटारमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Posted on: 15 Jan, 2024

माघ १, काठमाडौँ | धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो ।

पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङका एसपी गौतम मिश्रले बताए । दुईतर्फी सवारी खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!