रौतहटमा बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु

Posted on: 14 Jan, 2024

पुस २९, रौतहट | रौतहटमा बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ |

गुजरा नगरपालिका–१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी १४ महिनाकी अनु साहको बाल्टिनको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।

खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!