बडुले रचेको गितमा औझिले स्वर भरेपछि चर्चित

Posted on: 16 Oct, 2016

नरी बडु | असोज ३०, बैतडी | जिल्लाको स्वराड क्षेत्रमा पर्ने दुर्गास्थान गाविस– ३ पुजरागाँउका दिपकराज बडुले रचना गरेको लोक दोहोरी गितमा सुदूरपश्चिमका चर्चित डेउडा गायक महेश कुमार औझि र चर्चित गायिका टिका पुनले स्वर भरेपछि चर्तित बनेको छ ।

पुख्र्यौली घर जिल्लाको शर्माली गाविस भई हाल कञ्चनपुरको सुडामा बसोबास गर्दै आएका संगित प्रेमि प्रकास कलौनीको सहयोगमा बडुले हिन्दुहरुको महाँन चाड दशै र तीहारलाई लक्षित गरी उक्त गित बजारमा ल्याएका हुन् ।

“ए मेरी प्यारी नरुनु यस पालि” नामक  डेउडा गितमा सुदूरपश्चिमको कला र संस्कृतिलाई गितमार्फत झल्काईएको छ । पश्चिमका युवाहरुको रोजगारीको मुख्य गन्तव्यका रुपमा मानिने भारतमा जादाको पिडा र वर्ष दिनपछि आउने चाडबाडमा घर आउन नसकेको भाव उक्त गितले प्रतिविम्बीत गरेको छ ।

घरबाट श्रीमती र बच्चाहरुले परदेशबाट कहिले आउने भनेर भनिरहने उता परदेशीलाई धन कमाउने पिरले परिवारको माया समेत मार्नु पर्ने हाम्रो समाजको तितो सत्यलाई गितमा सार्वजनिक गरीएको छ ।

पछिल्लो समय जिल्लाको स्वराड क्षेत्रका युवा गायकहरुले स्थानीय कला संस्कृतीलाई जगेर्ना गर्न तल्लीन छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!