धर्म परिवर्तको विरुद्धमा उत्रियो हिन्दु जागरण युवा संघ

Posted on: 16 Oct, 2016

नरी बडु, असोज ३०, बैतडी । पछिल्लो समय बिदेशि डलरमा बेचिन लागेको हिन्दु धर्म जगेर्नाका लागि धर्म परिवर्तनको विरुद्धमा हिन्दु जागरण युवा संघ क्रियासिल बनेको छ ।

हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्ध महाअभियान अन्र्तगत हिन्दु गाजरण युवा संघ नेपाल बैतडीमा पनि गठन भएको छ ।

धर्म, संस्कृति, रीतिरीवाज र गरीब नेपालीहरुलाई डलरको प्रलोभन देखाई धर्म परिवर्तन गर्न लगाउने विरुद्ध संघर्ष गर्ने उद्देश्यले अर्जुन चन्द को अध्यक्षतामा ३१ सदस्यिय समिति समेत गठन गरीएको नवगठित समितीका सचिव राजेन्द्र विष्टले बताए ।

चन्द अध्यक्ष रहेको समितिको उपाध्यक्षमा करन विष्ट, सह उपाध्यक्षमा किरन महरा, महासचिवमा राजेन्द्र बहादुर विष्ट, सचिवमा राजेन्द्य्र विष्ट, सहसचिवमा चन्द्र ओझा रहेका छन् ।

समितीले आफ्नो सनातन धर्म सरक्षणमा लाग्न सबै युवा, बुद्धिजिवि एवम सबै हिन्दु धर्मालम्बीहरुमा अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!