बर्दिया कारागारका एकजना कैदीको मृत्यु

Posted on: 22 Dec, 2023

पुस ६, बर्दिया | बर्दिया कारागारका एकजना कैदीको मृत्यु भएको छ ।

ती बन्दीको उपचार गर्न भेरी अस्पताल नेपालगन्ज लैजाँदा बाटोमा मृत्यु भएको हो । दम र प्रेसर भएका मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डिएसपी तुलसीराम अर्यालले जनाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!