बुटवलमा बैङ्कका कर्मचारी झुन्डिएको अवस्थामा फेला

Posted on: 18 Dec, 2023

पुस २, बुटवल | बुटवलमा एक बैङ्कका कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । साइन रेसुङ्गा बैङ्कमा कार्यरत प्रकाश शर्मा  झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषय अनुसन्धान सुरु गरेको जनाएको छ । लामो समयदेखि बैङ्किङ क्षेत्रमा कार्यरत शर्मा हाल बुटवलको ट्राफिक चोक स्थित साइन रेसुङ्गा बैङ्कको कर्जा शाखामा कार्यरत रहेको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!