स्कुल जान्छु भनेर बेपत्ता भएका बालक झुन्डिएको अवस्थामा मृत फेला

Posted on: 16 Dec, 2023

मङ्सिर ३०, सुर्खेत | जाजरकोटको छेडागाड नगरपालिका-१० का  स्कुल जान्छु भनेर बेपत्ता भएका बालक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । १० दिनदेखि बेपत्ता भएका बालक शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

छेडागाड नगरपालिका-१० सिमथलाका नरबहादुर थापाका कान्छा छोरा १२ वर्षीया धनबहादुर थापा मृत अवस्थामा भेटिएको छेडागाड नगरपालिकाका उप-प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार २१ गते बिहान विद्यालय जान्छु भनेर घरबाट निस्केको र उक्त दिनदेखि घरमा नआएको उपप्रमुख थापाको बताए ।

मृतक बालकका बुवा र दाइ भारतमा रहेका छन् । मृतक बालकले पनि कहिलेकाही आमालाई साथीसँग भागेर भारत जान्छु भन्ने गरेको र आमाले सायद भारत नै गयौं होला भन्ने सोचेको रहिछन् । तर, पछि ढुक्क नहुँदा प्रहरीलाई खोज्नका लागि जानकारी दिएकी थिइन् । उ हराएको दिन स्कुल जान्छु भनेर गएको तर घर भन्दा पर झण्डै २५ मिटर टाढा झोला भेटिएको उपप्रमुख थापाको बताए |

झोला भेटिएको १० दिनपछि घर देखि झण्डै २ सय मिटर टाढा प्रयोग नभएको गोठमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटना आत्महत्या हो या के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!