भूकम्पपछि त्रिपालमुनि बस्दै आएकी महिलाको चिसोका कारण मृत्यु

Posted on: 13 Dec, 2023

मङ्सिर २७, जाजरकोट | जाजरकोटको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएकी एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–११ झाप्राका ५८ वर्षीया कलशी उपाध्यायको चिसोका कारण मंसिर २५ गते मृत्यु भएको नगरपालिका उपप्रमुख चन्द्र थापाले बताए ।

भूकम्पले घर चर्किएपछि उनको परिवार पालमुनि बस्दै आएको थियो । भूकम्पले उनको दुइवटै घर पूर्णरुपमा क्षति बनाएको छ । पीडित परिवारलाई राहतका नाममा पाल, केही न्यायो कपडा र खाद्यान्न उपलब्ध गराइएको थियो । दुवै घर भत्किएकाले पीडित परिवारले सहयोगका लागि अपिल गरेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले धेरैलाई घरबारविहीन बनाएको छ । केही घर पूर्णरुपमा भत्किएका छन् भने अधिकांश घर चर्किएका छन् । घर चर्किएपछि खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ ।

भूकम्प पछि मात्रै जाजरकोटमा चिसोको कारण २९ जना को मृत्यु भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!