आठ दिनको नाबालकलाई छोडी बेपत्ता भएकि सुत्केरी महिला मृत फेला

Posted on: 14 Oct, 2016

नरी बडु, असोज २८  बैतडी ।  आठ दिनको नाबालक छोरालाई छोडी बेपत्ता भएकि जिल्लाको थलाकडा गाविस वडा नं. ८ कि एक सुत्केरी महिला बिहिबार मृत फेला परेका छन् । असोज १७ गतेदेखि वेपत्ता थलाकडा– ८ का बिरेन्द्रसिह धामीकि २० वर्षिय पत्नी पार्वती धामी ११ दिनपछि घर नजिकैको झारीमा मृत भेटीएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक बालनरसिह राणाले बताए ।

सुत्केरी अवस्थामा रहेकी पार्वती असोज १७ गते घरपरिवारलाई जानकारी नदिई बेपत्ता भएकी थिईन् । उनी वेपत्ता भएदेखिनै उनका नाबालकको बिचल्ली भएको पार्वतीको जेठाजु रामसिंह धामीले बताए ।

रामसिहले उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । पार्वतीको सव कुहीएर किरा परेको अवस्थामा रहेको र उक्त घटना सम्बन्धि स्थलगत निरिक्षणका लागि ईलाका प्रहरी कार्यालय पाटन, बैतडीका प्रहरी निरिक्षक हरीओम खड्काको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ गएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!