औषधि पसलमा आगलागी

Posted on: 14 Oct, 2016

नरी बडु/ असोज २८, बैतडी । बैतडीको भौनेली गाविसमा वडा नं. ८ धरमघरमा रहेको एक औषधि पसलमा बिहिबार साँझ आगलागी भएको छ ।  स्थानीय केशबदत्त भट्टको औषधि पसलमा एक्कासी आगलागि भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख बालनरसिह राणाले बताए ।


भट्टले औषधि पसल बन्द गरेर घर फर्किएपछि आगलागि भएको र उक्त आगलागि आफै भएको हो वा कसैले गराएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । आगलागिबाट भएको क्षती विवरण भने आउन बाँकि छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!