सरकारको प्रशंसा गर्दै टिकटकले पठायो इमेल

Posted on: 07 Dec, 2023

मङ्सिर २१, काठमाडौँ | चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले इमेल पठाएको हो ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्री शर्मालाई सम्बोधन गरिएको पत्रमा सचिव कृष्णबहादुर राउतलाई ध्यानाकर्षण गराइएको छ । टिकटकको इमेलमा सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका बनाएकोमा प्रशंसा गरेको सुवेदीले जानकारी दिए ।

निर्देशिकाको प्रशंसा गर्दै लेखिएको पत्रमा यसबारे प्रस्ट पारिदिन उल्लेख समेत गरिएको छ । निर्देशिकाको केही अनुसूची र बुँदाबारे बुझाइदिन भनिए पनि मन्त्रालयले तत्काल इमेल नफर्काउने सुवेदीले बताए । ‘अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा हामीले जवाफ फर्काउन मिल्दैन,’ उनले भने, ‘यो मुद्दा किनारा लागेपछि बल्ल जवाफ जान सक्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!