स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु

Posted on: 02 Dec, 2023

मङ्सिर १६, बुटवल | रुपन्देहीमा स्कुल बसले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले बताए |

दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको प्रहरी डीएसपी भट्टले जानकारी दिए। ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!