बैतडीमा महाष्टमी कतै हिजो, कतै आज

Posted on: 09 Oct, 2016

नरी बडु | असोज २३, बैतडी | नवरात्रीको ८ औं दिन मनाईने महाअष्टमी पर्व बैतडीका केही ठाउमा हिजो  (शनिबार) मनाएको छ । कतै आज मनाईरहेका छन् ।

हिजो जगन्नाथ, त्रिपुरासुन्दरी, शिवनाथ, मेलौली लगायतका मन्दिरमा महाष्टमी पूजा गर्नेको भीड लागेको थियो । निंगलासनी भगवतीमा महाष्टमीमा लाग्ने ठूलो मेला आज लाग्दै छ ।

सदरमुकाम र तल्लोस्वराड क्षेत्रमा हिजो अष्टमी मनाएको हो । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा आज अष्टमी मनाउने तयारी छ ।

हिजो अष्टमी मनाएका ठाउमा घटस्थापनाका दिन राखिएका जमरा काटेका छन् । अन्य ठाउमा आज काट्दै छन् ।

दशैभने दुवै ठाउमा दशैं मंगलबार नै मनाउने तयारी छ ।

घटस्थापनादेखि ८ दिन गनेर हिजो अष्टमी मनाएको हो । भारतीय र नेपाली दुवै पात्रो प्रयोग गरिने भएकाले छुट्टाछुट्टै तिथी मनाएको हो । मुरदावादी पात्रो अनुसार हिजै महाष्टमी मनाएको पण्डितहरुले बताएका छन् ।

निग्लाशैनि भगवती मन्दिरमा भने महाअष्टमीको भव्य मेला आज लाग्दै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!