बझाङमा भूकम्प

Posted on: 20 Nov, 2023

मङ्सिर ४, बझाङ |  बझाङमा भूकम्प गएको छ।

सोमबार बिहान ११ बजेर ३७ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

आइतबार रूकुम पूर्वमा दुई पटक भूकम्प गएको थियो।

आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युड र ४ बजेर ४७ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

गत कात्तिक १७ गते जाजरकोट केन्द्र रहेर गएको भूकम्पले जनधनको क्षति भएको थियो। त्यसपछि परकम्पहरू गइरहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!