तिहारको मुखमा कञ्चनपुरमा एक दम्पती झुन्डिएको अवस्थामा मृत फेला

Posted on: 12 Nov, 2023

कार्तिक २६, कञ्चनपुर | तिहारको मुखमा कञ्चनपुरमा एक दम्पती झुन्डिएको अवस्थामा फेला परेका छन्। लालझाडी गाउँपालिका-१ बिनवारीका राना दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले आइतबार बिहान बिनवारीका २६ वर्षीय श्यामकुमार राना र २५ वर्षीया पुष्पा राना मृत फेला परेको जानकारी दिए। 

‘श्रीमान् श्रीमती दुवै प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा फेला परेका छन्, उनले भने, ‘घटनास्थलसहित दुवै पक्षका आफन्तलाई बोलाएका छौँ, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ 

सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएको यो जोडीले तिहारकै मुखमा प्राण त्याग गरेसँगै घर परिवार, माइती पक्ष र गाउँ नै शोकमा डुबेको छ ।

उनीहरूले तीन वर्षीया छोरीलाई टुहुरो बनाएर छाडेका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको खास कारण शवको पोस्टमार्टम गरेपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!