धादिङ केन्द्रबिन्दु बनाएर गयो भूकम्प

Posted on: 12 Nov, 2023

कार्तिक २६, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ |

गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको हल्का धक्का भएकाले सूचना नआएको ज्वालामुखी-५ का वडाध्यक्ष टंकप्रसाद काप्रीले जानकारी दिए। 

यसअघि कात्तिक ५ गते पनि धादिङको खरी केन्द्रबिन्दु बनाएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!