स्वयम्भूमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Posted on: 10 Nov, 2023

कार्तिक २४, काठमाडौँ | काठमाडौँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। 

शुक्रबार बिहान काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ -०१-२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२-०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको क्षेत्रपाटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको उपचारको लागि वीर अस्पताल पठाइएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!