कपडा पसलमा ग्राहक बनेर गएका सासु बुहारी चोरी आरोपमा पक्राउ

Posted on: 09 Nov, 2023

कार्तिक २३, बनेपा । काभ्रेको बनेपास्थित एक कपडा पसलमा ग्राहक बनेर गएका दुई महिला चोरी आरोपमा पक्राउ परेका छन्।


जेनुन कस्मेटिक एन्ड फेन्सी पसलबाट कपडा चोरेको आरोपमा प्रहरीले दोलखाका ६३ वर्षीया दुर्गा विक र ३५ वर्षीया विनिता विकलाई पक्राउ गरेको छ।

दुर्गा र विनिता सासु बुहारी हुन्। प्रहरीले उनीहरुको साथबाट १६ सेट कुर्ता सुरुवाल र ६ थान टप्स बरामद भएको जनाएको छ। घटना गत जेठ १८ गतेको भएपनि उनीहरु मंगलबार पक्राउ परेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!