जाजरकोट केन्द्रबिन्दु भएर पुनः परकम्प

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएकोे विनाशकारी भूकम्प गएयता सो क्षेत्रमा लगातार परकम्पहरू गइरहेका छन् । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बिहीबार बिहान जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा उक्त परकम्प गएको थियो । बुधबार राति ७ बजेर ५० मिनेट जाँदा सोही केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको परकम्प गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!