कार्तिक २३, बाँके | बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदारा रहेको प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए |
उनका अनुसार सुदूरपश्चिमबाट काठमाडौँ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको थियो ।
उनको घट्नास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!