फोटो खिच्ने क्रममा चिप्लिएर तिनाउ नदीमा खस्दा एक भारतीय युवतीको मृत्यु

Posted on: 08 Nov, 2023

कार्तिक २२, रुपन्देही | रूपन्देहीको तिनाउ नदीमा डुबेर एक भारतीय युवतीको मृत्यु भएको छ। 

नेपाल भ्रमणमा आएकी भारत उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रवीनको मंगलबार दिउँसो फोटो खिच्ने क्रममा तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तिनाउको बाँधमा फोटो खिच्ने क्रममा उनी चिप्लिएर नदीमा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नदीमा डुबेकी शाहिस्तालाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!