जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको दोस्रो झड्का

Posted on: 06 Nov, 2023

कार्तिक २०,  जाजरकोट | जाजरकोटमा ४.५ म्याग्न्च्यिुडको भूकम्पको दोश्रो झड्का गएको छ । सोमबार अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोश्रो झड्का गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

सोमबारै जिल्लाको रामिडाँडा भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि  शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!