पुतली बाजेको निधन

Posted on: 04 Nov, 2023

कार्तिक १८, पोखरा | पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको पोखरा हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन हो ।

साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका उनी केही दिन अघि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका थिए ।

‘पुतली बाजे’ बेलायतबाट विसं २०२२ मा नेपालमा आएका थिए। युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए।

युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ बेलायत नफर्किने निर्णयसँगै नेपालमा रोकिएका हुन् । 

स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका हुन् ।

उनले नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली संग्रह गरेका थिए । स्मिथ पोखरा महानगरपालिका १८ मा जग्गा किनेर बसेका थिए । उनले नेपालकै युवालाई धर्मपुत्र बनाएर पाले । उनी नेपालको सम्मानार्थ नागरिकता पाउने दोस्रो व्यक्ति हुन् ।

नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!