रिगललाई जिल्ला अदालत बाँकेमा बुँझाइँदै

Posted on: 03 Nov, 2023

कार्तिक १७, काठमाडौं | बिहीबारको सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा बुझाउने तयारी गरिएको छ। शुक्रबार छिट्टै अदालत बन्द हुने भएकाले केही बेरमा अदालत ल्याउने जानकारी जिल्ला अदालतलाई प्रहरीले गराएको छ। 

सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैद सजाय माफी दिने निर्णय गरेका थिए। उक्त निर्णय विरुद्ध पीडित भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा फैसला सुनाउँदै सर्वोच्चले सजाय माफी बदर गरेको थियो।


सजाय माफी बदर भएसँगै प्रहरीले उनलाई बाँकी सजाय भुक्तानका लागि पक्राउ परेका थियो। सर्वोच्चले ११ वर्ष ११ महिना ५ दिन कैदमा बस्नुपर्ने भनेको छ। ढकाललाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाउने तयारी  प्रहरीले गरेको हो। 

नेपालगन्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो। घटनाको समय रिगल नेपाल तरुण दल क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति रहेका थिए। 

अदालतले कर्तव्य ज्यानमुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!