टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन भुपु प्रहरी संगठनको आग्रह

Posted on: 06 Oct, 2016


नरी बडु/असोज २०, बैतडी । छुट्टै थरुहट स्वयत्त प्रदेश माग गर्दै गरिएको आन्दोलनका क्रममा गएको वर्ष ०७२ भदो ७ गते कैलालीको टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन भुपु प्रहरी संगठनले सरकार संग आग्रह गरेको छ । 

वर्तमान सरकारका गृहमन्त्रि बिमलेन्द्र निधिले टिकापुर घटना राजतिक घटना भएको र टिकापुर हत्याकाण्डमा पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्ने अभिव्यक्ति दिइरहेको खबर विभिन्न संचारमाध्यमहरुले प्रकाशन तथा प्रशारण गरिरहेका वेला भुपु प्रहरी संगठनले यस्तो आग्रह गरेको हो । 

६१ औँ प्रहरी दिवसको अवसरमा ०७३ असोज २० गते जिल्ला सदरमुकाम पुगेका भुपु प्रहरी संगठनका पदाधिकारीहरुले नरसंहारका आरोपीलाई उन्मुक्ति दिए आफुलाई सह्य नहुने बताएका छन् ।

“कर्तव्य पालनाको सिलसिलामा निर्मम हत्या गरिएका आठ जना प्रहरी र एक बालकका हत्याराहरुलाई उन्मुक्ति नदिन सरकार संग आग्रह भुपु प्रहरी संगठनको तर्फबाट आग्रह गर्दछौँ” भुपु प्रहरी संगठनका जिल्ला अध्यक्ष रणबहादुर विष्टले भने ।

टिकापुर हत्याकाण्डका मुख्य योजनाकार भनिएका रेसम चौधरीलाई वर्तमान प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमणको क्रममा भारतको ताजमहल होटलमा भेटेको तस्बिर सार्वजनिक भएपछि टिकापुर नरसंहारका दोषिले उन्मुक्ति पाउने पो हुन कि भन्ने चिन्ता रहेको विष्टले बताए ।

टिकापुर नरसंहारका दोषिलाई सरकारले उन्मुक्ति दिए कतव्र्य पालनाको सिलसिलामा निर्मम हत्या गरिएका प्रहरीका परिवार न्यायबाट बञ्चीत हुने भएकाले आफुहरुलाई दोषिलाई उन्मुक्ति दिने कार्य कुनै हालतमा स्यूकार्य नहुने अध्यक्ष विष्टको भनाई छ । 

टिकापुर हत्याकाण्डमा बैतडीको रौलेश्वर गाविस वडा नं. ९ का ४९ वर्षिय प्रहरी निरिक्षक बलराम विष्ट र जिल्लाको हटैराज गाविस वडा नं. १ का प्रहरी हवल्दार (मृत्यू प्रर्यन्त बढुवा) लोकेन्द्र बहादुर चन्द मारिएका थिए ।


क्याप्स: प्रहरी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममार्फत टिकापुर नरसंहारका दोषिलाई उन्मुक्ति नदिन नेपाल सरकारलाई आग्रह गर्दै भुपु प्रहरी संगठनका जिल्ला अध्यक्ष रणबहादुर विष्ट/तस्बिर: नरी बडु/साझासवाल 





यस बिषयमा तपाइको प्रतिक्रिया...!