बैतडी–काठमाडौँ पहिलोपटक एसी बस संञ्चालन

Posted on: 06 Oct, 2016


नरी बडु/असोज २०, बैतडी । विगत वर्षौ देखि यातायात सेवालाई प्रभावकारी बनाउदै आएको माहाकाली यातायात व्यवसायि समितिले बैतडी देखि काठमाण्डौँका लागि सुविधा सम्पन्न सुपर डिलक्स एसि बस संञ्चालन गरेको छ ।

ग्राहकहरुको वर्तमान आवश्यकता र मागलाई पुरा गर्न माहाकाली यातायातले सुविधा सम्पन्न बस संञ्चालन गरेको हो । यो बैतडीबाट बाहिरका लागि छुट्ने पहिलो एसि बस हो । 

बिहान ७ बजे जिल्लाको सदरमुकाम गोठलापानी बजारबाट बिहान ठिक ७ बजे काठमाण्डौँका लागि बस छुट्ने गरी एसि बस संञ्चालन गरिएको माहाकाली यातायात व्यवसायि समितीका अध्यक्ष त्रिलोकसिह थापाले बताए ।

पहिलोपटक बैतडीमा एसि बस संञ्चालन गरेकोमा माहाकाली यातायातको स्थानीयले प्रसंसा गरेका छन् । 

आज उक्त सुविधासम्पन्न एसि बसको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरी, जिल्ला प्रहरी प्रमुख बालनरसिह राण, सेनानी उज्जल बानीयाँ, अनुसन्धान अधिकृत रमेस सिह डाँगी लगायतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले माहाकाली यातायातले समयानुकुल यातायातका साधनमा गरेको प्रगतिको प्रसंसा गरेका छन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!