शौचालयबाट फरार कैदी प्रहरीको नियन्त्रणमा

Posted on: 30 Oct, 2023

कात्तिक १३, दाङ | दाङमा शौचालयबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइएका विवेक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

दाङको घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि पुर्याइएका उनी सोमबार बिहान  फरार भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!