दोलखाको बिगुमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ जना घाइते

Posted on: 24 Oct, 2023

कात्तिक ७, काठमाण्डाै । दोलखाको बिगु गाउँपालिका–२ ओराङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

सोमबार बेलुका जीप कच्ची बाटोमा घुम्ती काट्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बा १४ च ८९३४ नम्बरको उक्त जीप दुर्घटना हुँदा बिगु–२ ओराङकी चिनीमाया तामाङ र बालमायी तामाङको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!