दोलखाको बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा लसुनको कारोबार गर्ने न्यौपाने पक्राउ

Posted on: 19 Oct, 2023

कार्तिक २, काठमाडौँ | दोलखामा बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको बेतिनी घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने छन्। 

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत शुक्रबार न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ परेका न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दोलखाको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए। 

काठमाडौंको सामाखुसी बस्दै आएका न्यौपाने भने लसुनको कारोबारी थिए। चीनमा बसेर लसुनको कारोबार गर्ने गरेका उनी तस्करीको सुनमा पनि जोडिएको पाइएपछि पक्राउ गरिएको एसपी अधिकारीले बताए। 

यो प्रकरणमा यसअघि ११ जना पक्राउ परिसकेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!