धादिङको मछेडीखोलामा स्कार्पियो दुर्घटना, एकजना घाइते

Posted on: 11 Oct, 2023

असोज २४, धादिङ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका- ७ मछेडीखोलामा स्कार्पियो खस्दा एकजना घाइते भएका छन्।

धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बिएडी ३५४२ नम्बरको जिप सडकबाट करिब पचास मिटर तल खोँचमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

धादिङकाे ज्वालामुखी गाउँपालिका- ७ का २२ वर्षीय युवराज इटनी घाइते भएका हुन्। तीव्र गतिमा गुडेको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते बनेको उनले बताए। 

मछेडीखोला पुल कटेपछि घुम्ती सडकमा अनियन्त्रित भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए। घाइते इटनीको गल्छी बैरेनीमा उपचार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!