सल्यानमा तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरको भकारीमा मृत फेला

Posted on: 07 Oct, 2023

असोज २०, सल्यान | सल्यानमा तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरको भकारीमा मृत फेला परेकी छन् ।

सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र रहेको भकारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

असोज १५ गते बेलुकादेखि घरबाट हराएकी रोका तीनदिनसम्म पनि फेला परेकी थिइनन् । त्यसपछि गाउँले र आफन्तले उनको खोजी गरेका थिए ।

घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा भकारीभित्र उनको शव फेला परेको प्रहरी कार्यालय सल्यानले बताए । मृतक रोकाको घरमा उनिसहित उनका छोरा, छोरी र बुहारी बस्दै आएक थिए ।

शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टमका लागि लगिएको छ । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!