धादिङमा ट्रकले किचेर ट्युसन पढ्न हिडेका दुई बिद्यार्थीको मृत्यु

Posted on: 04 Oct, 2023

असोज १७, काठमाडौँ । धादिङमा ट्रकले किचेर ट्युसन पढ्न हिडेका दुई बिद्यार्थीको मृत्यु भएको छ । बुधबार बिहान धादिङको सिद्धलेक गाउँपालिका अन्तर्गत परेवाटारबाट ट्युसन पढ्न शिक्षककोमा जाने क्रममा रहेका बिद्यार्थीहरुलाई ट्रकले ठक्कर दिएको हो । 


गजुरी गाउँपालिका–२, मजुवा स्थित राजमार्गको मुख्य सडकमा बाटो काट्ने क्रममा रहेका उनिहरुलाई काठमाण्डौंबाट नारायणगढ तर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि ति विद्यार्थीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका बिद्यार्थीहरु वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटार स्थित वागेश्वरी माविमा कक्षा ८ मा अध्ययनरत दुई छात्रहरु हुन् । ठक्कर दिई ज्यान लिने ट्रक इलाका प्रहरी कार्यालय वेनिघाटको नियन्त्रणमा छ ।

दुई बिद्यार्थीको ज्यान गएपछि आक्रोशित स्थानीयबासीले दोषि माथि कारवाहीको माग राख्दै राजमार्ग अबरुद्ध पारेका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!