सर्लाहीको मलंगवामा कर्फ्यु हट्यो

Posted on: 01 Oct, 2023

असोज १४, मलंगवा | सर्लाहीको मलंगवा क्षेत्रमा हिंसात्मक गतिविधि रोक्न स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले मलंगवा क्षेत्रमा लगाएको कर्फ्यु निष्क्रिय पार्ने निर्णय गरेको हो । बैठकले असोज १८ गते बृहत सद्भाव र्‍याली निकाल्ने निर्णय पनि गरेको छ ।

सद्भाव र्‍यालीमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुनेछन् । उपप्रधान एवं गृहमन्त्रीको उपस्थितिमा सर्वपक्षीय/सर्वदलीय बृहत सद्भाव र्‍याली आयोजना गरिने निर्णय भएको प्रजिअ यादवले जानकारी दिए ।

असोज ४ मा मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपले उग्र रुप लिएपछि प्रशासनले सोही राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

स्थितिमा सुधार आएपछि प्रशासनले असोज ८ गते कर्फ्युको समय घटाएर राति ८ देखि बिहान ४ बजेसम्म तोकेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!