असोज ९, अर्घाखाँची | ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ भएका छन् |
सन्धिखर्क नगरपालिका-२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई पुनले आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!