घरको छतमा फुटबल खेल्ने क्रममा खसेर एक बालकको मृत्यु

Posted on: 26 Sep, 2023

असोज ९, ताप्लेजुङ | ताप्लेजुङमा घरको छतमा फुटबल खेल्ने क्रममा खसेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिका–५ आफन्तकहाँ बस्दै आएका ७ वर्षीय बालक अंकित लिम्बूको छतबाट खसेर मृत्यु भएको हो । सोमबार साँझ साथीहरुसँग घरको छतमा फुटबल खेल्ने क्रममा चिप्लिएर बालक दुई तलामाथिबाट भुइँमा खसेर गम्भीर घाइते भएका थिए ।

बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्‍याए पनि केही समयमै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । मृतक बालक मिक्वाखोला गाउँपालिका–४ साँबाका अजय लिम्बूका छोरा भएको र उनी आफ्नै फूपु नाता पर्ने आफन्तको घरमा बसेर सदरमुकामको एक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!