बिरामीको मृत्युपछि पोखरा मणिपालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ

Posted on: 25 Sep, 2023

असोज ८, कास्की | कास्कीको पोखरास्थित मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै डाक्टरमाथि हातपात भएको छ ।

लमजुङ सुन्दरबजार ५७ वर्षीया सुकमाया दुराको सोमबार मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तले अस्पतालका डाक्टर अनिल शाहमाथि हातपात गरेका हुन् ।


हातपातमा संलग्न गरेको आरोपमा विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभीको आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले अस्पतालमा समेत तोडफोड गरेका छन् । अस्पतालमा तनावको स्थिति भएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!