सल्यानमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत

Posted on: 25 Sep, 2023

असोज ८, सुर्खेत | सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका दुबै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका–१८ का ५० वर्षीय गणेश बुढा र २५ वर्षीय भक्तबहादुर घर्ती रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले जानकारी दिए ।

डिएसपी कार्कीका अनुसार ५० वर्षीया बुढा सवारी धनी हुन् भने घर्ती चालक रहेको बताए । उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार बिहान रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँबाट झन्डै तीन सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि तुलसीपुर ल्याइएको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!