२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

Posted on: 25 Sep, 2023

असोज ८, बझाङ | बझाङमा २८ वर्षीया महिलालाई बलात्कार गरेको गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्। बझाङ छबिसपाथिभेरा गाउँपालिका-१ सुङ्ला बस्ने एक अपांग महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका एक नाबालकलाई पक्राउ गरिएको हो ।

अल्जाइमर भएकी उनलाई जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरीले आइतबार साँझ ६:३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!