असोज ६, बझाङ | बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँ बस्ने ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी बिजुली फरार भएका छन्।
सामान्य विवाद हुँदा बिजुलीले जैलुको आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताए । थप अनुसन्धान र फरार आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!