उत्कृष्ट कृषकलाई परस्कार दिन अक्षय कोषको स्थापना

Posted on: 14 Sep, 2023

कमल घिमिरे । भदौ २८ । पाँचथर,पाँचथर जिल्लाका उत्कृष्ट कृषकलाई पुरस्कार वितरण गर्नका लागि अक्षय कोषको स्थापना गरिएको छ । 

हिलिहाङ – ७ का पदम प्रसाद तिम्सिनाको स्मृतीमा तिम्सिना परिवारले ‘पदम प्रसाद उत्कृष्ट कृषक पुरस्कार’ फिदिममा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको हो । बुवाको नाममा स्थापना गरिएको पदम बहुउद्देशिय कृषी तथा पशुपालन फर्मको नाम बाट सञ्चालन हुने गरी १ लाख रुपैँयाको अक्षय कोष स्थापना गरिएको गुरुराज तिम्सिनाले जानकारी दिनुभयो । 

जिल्ला भर रहेका कृषक मध्ये बाट स्थानीय तह र पुरस्कार छनौट समितिले सिफारिस गरेको आधारमा एक जना उत्कृष्ट कृषकलाई प्रोत्साहन स्वरुप वार्षिक रुपमा नगद १० हजार रुपैँया प्रदान गरिने रविन तिम्सिनाले बताउनुभयो । जिल्लामै पहिलो पल्ट यस्तो पुरस्कार घोषणाले कृषकहरुमा हौसला प्राप्त हुने कृषी ज्ञान केन्द्र पाँचथरका कार्यालय प्रमुख शालिकराम भट्टराईको भनाई छ  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!