ब्राउन सुगरसहित सडक डिभिजन कार्यालयका सब इन्जिनियर पक्राउ

Posted on: 09 Sep, 2023

भदौ २३, महेन्द्रनगर | कञ्चनपुरको बेलौरीमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना सडक डिभिजन कार्यालयका सब इन्जिनियर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका ३ का २५ वर्षका हरिश रेग्मी रहेको प्रहरीले जनाएको छ | उनलाई जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० सडकघाटबाट  ९.४२ ग्राम लागुऔषध सहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो । उनि सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका रेग्मी अछाम सडक डिभिजन कार्यालयका सब इन्जिनियर हुन । 

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित खैरो हिरोइन जस्तो देखिने पदार्थ (ब्राउन सुगर) फेला परेको प्रहरी चौकी भुडाले बताए । उनलाई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!