विराटनगरको रथयात्रामा शंकास्पद गतिविधि गर्ने ३२ भारतीयसहित ३८ जना पक्राउ

Posted on: 07 Sep, 2023

भदौ २१, काठमाडौँ | कृष्ण जन्माष्टमीको दोस्रो दिन आज (बिहीबार) विराटनगरमा गरिएको राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधि गर्ने ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले ३८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। 


विराटनगर रथयात्रा २०८० को अवसरमा रथको फाइदा उठाउँदै विभिन्न शंकास्पद गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्ने व्यक्तिहरु विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमध्ये  ३० पुरुष र ८ महिला छन्। उनीहरुमध्ये ६ नेपाली र ३२ भारतीय नागरिक छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!