जङ्गली च्याउ खाँदा दाजु-बहिनीको मृत्यु, आमाको अवस्था सामान्य

Posted on: 01 Sep, 2023

भदौ १५, बझाङ | बझाङमा जङ्गली च्याउ खाँदा दाजु-बहिनीको मृत्यु भएको छ ।

जङ्गली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका लक्ष्मण कठायतकी–७ वर्षीया छोरी सञ्जिला र उनका ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो ।   

सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बुधबारबीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । भने सुदीपको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको जप्रहरीले जनाएको छ |  उनीहरूले बुधबार बिहान घरमाथिको लेकबाट ल्याएको विषालु जंगली च्याउ खाएका थिए । आमा पुनी कठायतको अवस्था भने सामान्य रहेको छ । 

उनी अहिले घरमै उपचाररत रहेको बताए । बाबु विद्यालयका कर्मचारी भएको र उनी विद्यालय गएका बेला आमासहित छोराछोरीले च्याउको तरकारी बनाएर खाएका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!