९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on: 30 Aug, 2023

भदौ १३, विराटनगर | ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको केराबारीबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ |

केराबारी गाउँपालिका–५ का ५० वर्षीय लोकबहादुर लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार लिम्बूविरुद्ध किटानी जाहेरी परेपछि राति १० बजेतिर घरैबाट पक्राउ गरिएको हो । 

उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । बालिकालाई बलात्कार गरेको आरोप लागेका लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!