त्रिशुली बस दुर्घटना: मृतक ८ जान मध्ये ४ जनाको सनाखत

Posted on: 23 Aug, 2023

भदौ ६, काठमाडौँ | धादिङको गजुरी गाउँपालिका–२ मा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने ८ जना मध्ये ४ जनाको सनाखत भएको छ। सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी-११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।

धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालका अनुसार काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको बताए। दुर्घटनामा परि २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको डिएसपी जयसवालले जानकारी दिए । 

घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये २ जनाको धादिङकै राजमार्ग अस्पताल र १५ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!