काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भई खस्यो त्रिशूलीमा

Posted on: 23 Aug, 2023

भदौ ६, काठमाडौं | काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहरामा दुर्घटना भई त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान  १०:४० बजे त्रिशुलीमा खसेको हो |


जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!