गिठीदेवीले पाइन ८९ वर्षमा नागरिकता

Posted on: 12 Aug, 2023

साउन २७, बझाङ | जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा छिन्– ८९ वर्षीया गिठीदेवी जोशी ।

गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ उनै गिठीदेवी छिन् । 

उनी नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताविहीन थिइन् । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । 

‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गरेका थिए । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!