बैतडीमा गाडीले किचेर एकको मृत्यु, राजमार्ग अवरुद्ध

Posted on: 02 Oct, 2016

असोज-१६, बैतडी । गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । 

ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

विष्टलाई शनिबार साँझ ८:३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले किचेर ज्यान गएको हो । गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ । मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गराएका छन् । 

शव बीच सडकमा राखेर उनीहरुले राजमार्ग बन्द गरेका छन् । 

राजमार्ग बन्द हुँदा शनिबार साँझदेखि दर्जनौँ गाडी र यात्रुबीच बाटोमै अलपत्र परेको घटनास्थलबाट एक यात्रु सुरेन्द्र भाटले राससलाई जानकारी दिनुभयो । राजमार्ग खुलाउन अहिले प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा नेतृत्वको एक टोली घटनास्थल गइरहेको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!